बुटवल, असोज १६
प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव भएकाे भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ। ५ नं. प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव मन्त्री परिषदमा गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो । नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ। अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत समूहले बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड गरेका छन। गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण गाडीमा धेरै ठूलो क्षति हुन नपाएको बताइएको छ।

प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

आन्दोलन हुनसक्ने अवस्था देखिए कर्फ्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।


