४ कात्तिक २०७७, दैलेख
साेमबार जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलबारदेखि लागु हुनेगरि व्यापार व्यवसाय, सरकारी तथा गैरसरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन जारी गर्याे । तर मंगलबार त्याे निर्देशन लागु भएन । विहानैदेखि पसल व्यवसाय खुल्न थाले । कतिपयलाइ अन्याैल सिर्जना भयाे ।

विहानै डिउटीमा खटिएका प्रहरीले पसल खाेल्न अनुमति दिएपछि धमाधम पसल तथा व्यवसाय खुल्न थाले । यसकाे कारण थियाे प्रशासनकाे प्राविधक त्रुटी । कात्तिक ३ गते बसेकाे COVID-19 संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचना (DCCMC) र सर्वदलीय/सर्वपक्षीय बैठकले ५ गते बुधबारदेखि लागु हुनेगरी दैलेख सदरमुकाम स्थित सरस्वती मा.वि., तर्ताङ्ग देखी कलेलचोक, भैसेखोर सम्मकाे बजारक्षेत्र बन्द गर्ने निर्णय गर्याे। तर जिल्ला प्रशासन कार्यालयले ४ गतेदेखि लागु हुने गरी सूचना प्रकाशन गर्याे । जसका कारण सर्वसाधारणमा अन्याैलता सृजना भयाे ।
(DCCMC) र सर्वदलीय/सर्वपक्षीय बैठकमा ४ गते जानकारी गराउने र ५ गतेबाट बन्द गर्ने निर्णय भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले गज्जब नेपाललाइ जाकारी दिए । उनले सूचना प्रकाशन गर्दा ५ गते हुनुपर्नेमा प्राविधिक त्रुटिबस ४ गते भएकाे बताए । त्रुटिपूर्ण सूचनाले सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, पसल व्यवसाय अन्याैलमा परेका थिए ।
अव कात्तिक ५ गते बुधबारदेखि बजार क्षेत्रभित्रका दैनिक उपभाेग्य खाद्यान्न, तरकारी, फलफूल, इन्धन, दुध डेरी, औषधी पसल, एग्रोभेट बाहेकका सम्पूर्ण सेवा, पेशा तथा व्यवसायहरु १५ गते काेजाग्रत पूर्णिमासम्म बन्द हुनेछ ।
इन्धन, औषधी पसल र एग्रोभेट बाहेक अन्य अत्यावश्यक वस्तु तथा सेवा प्रत्येक दिन विहान ७:०० बजे देखी ११:०० सम्मको समयावधिमा मात्र खुल्नेगरी सञ्चालन गर्ने सुचनामा उल्लेख छ ।
सूचनाः



