हाम्राे रेल जनकपुरमा पग्याे, आजै जयनगर फर्किने

गज्जब नेपाल
२०७७ आश्विन २, शुक्रबार १५:४०

धनुषा ।

भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।

रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । नेपाली झण्डाकाे रंगमा सजिएकाे नेपालकाे रेल जनकपुर अाउने थाहा पाएपछि स्थानीयहरू उत्साहित भएर रेलस्टेशनमा लाम लागेर रेलकाे प्रतिक्षा गरिरहेका थिए । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो । रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ ।

लामाे समयदेखि बन्द रहेकाे जनकपुर–जयनगर रेल सेरेलकाे वा पुनः सूरू हुने भएकाे छ । विसं १९९४ सालमा पहिलोपटक ईस्ट इंडिया कंपनीकाे रेल नेपालमा काठ ल्याउनका लागि सञ्चालनमा ल्याएको थियो ।

नेपाल रेलवेका महाप्रबन्धक गुरू भट्टराइका अनुसार यो रेल अहिले यात्रुहरुका लागि सञ्चालनमा अाएकाे छैन । अहिले ट्राइलका लागि मात्र अाएकाे हाे । कोरोना संक्रमण कम भयाे भने दुई महिनाभित्रै नेपाल रेलवेले नियमित यात्रुका लागि सञ्चालन गर्ने छ ।
भिडियाे हेर्नुहाेस्

 

Next Post

संविधान दिवसबारे जसपा नेपालमा अन्योल

२०७७ आश्विन २, शुक्रबार १५:४०
काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी […]