प्रखर वक्ताकाे रूपमा चर्चामा रहेका रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका छन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेकाे बताइएकाे छ । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

अबल वक्तृत्व क्षमताका कारण चर्चित बनेका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले झन चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।


