श्रीमतीमाथी चक्कु प्रहार, श्रीमान पक्राउ

गज्जब नेपाल
२०७८ फाल्गुन २४, मंगलवार १९:३२

दैलेखः

अन्तर्राष्ट्रिय महिला दिवसकै पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले चक्कु प्रहार गरि सख्त घाइते बनाएका छन्। नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका श्रीमान २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेकाे प्रहरीले जनाएको छ।

घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि सावित्रा गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा बस्दै आएकी थिइन । बखतले सोमबार साँझ माइतीघरमै पुगेर चक्कु प्रहार गरेकाे पीडित महिलाले बताइन् ।

घटना  हुन नदिन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार गरेर घाइते बनाएका छन् । उनीहरूकाे दैलेख अस्पतालमा उपचार भइरहेको डा. जगत थापाले जानकारी दिए।

पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। बखतलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।

Next Post

तरुण दलका अध्यक्षले भाचिदिए पूर्व जनमुक्ति सेनाका कमाण्डरकाे हात

२०७८ फाल्गुन २४, मंगलवार १९:३२
चैत ४, दैलेख । योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य दल बहादुर बस्नेत (कोशेली) माथी सांघातिक आक्रमण भएकाे छ । तरुण दलका जिल्ला अध्यक्ष लालबहादुर चन्दले पुर्व जनमुक्ति सेनाका कमान्डर समेत रहेका काेशेली माथी गालि गलौज सहित आक्रमण गरि हात भाँचिदिएका छन् ।  सुर्खेतदेखि उपचार गरेर घर […]