श्रीमतीमाथी चक्कु प्रहार, श्रीमान पक्राउ

गज्जब नेपाल
२०७८ फाल्गुन २४, मंगलवार

दैलेखः

अन्तर्राष्ट्रिय महिला दिवसकै पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले चक्कु प्रहार गरि सख्त घाइते बनाएका छन्। नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका श्रीमान २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेकाे प्रहरीले जनाएको छ।

घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि सावित्रा गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा बस्दै आएकी थिइन । बखतले सोमबार साँझ माइतीघरमै पुगेर चक्कु प्रहार गरेकाे पीडित महिलाले बताइन् ।

घटना  हुन नदिन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार गरेर घाइते बनाएका छन् । उनीहरूकाे दैलेख अस्पतालमा उपचार भइरहेको डा. जगत थापाले जानकारी दिए।

पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। बखतलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।

Next Post

तरुण दलका अध्यक्षले भाचिदिए पूर्व जनमुक्ति सेनाका कमाण्डरकाे हात

२०७८ फाल्गुन २४, मंगलवार
चैत ४, दैलेख । योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य दल बहादुर बस्नेत (कोशेली) माथी सांघातिक आक्रमण भएकाे छ । तरुण दलका जिल्ला अध्यक्ष लालबहादुर चन्दले पुर्व जनमुक्ति सेनाका कमान्डर समेत रहेका काेशेली माथी गालि गलौज सहित आक्रमण गरि हात भाँचिदिएका छन् ।  सुर्खेतदेखि उपचार गरेर घर […]