दैलेखमा पाठेघरकाे निःशुल्क शल्यक्रिया शिविर सुरु, विरामीले नगद १ हजार पाउने

गज्जब नेपाल
२०७७ फाल्गुन १८, मंगलवार

दैलेख
स्वास्थ्य सेवा कार्यालय दैलेखमा महिलाहरूकाे पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ। शिविरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्त्रीरोग बिशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा चिकित्सकहरुको टोली दैलेख आएकाे छ ।

शिविरमा शल्याक्रिया हुने विरामी महिलालाइ यातायात बापत नगद रू. १ हजार र खाजा वापत प्रति छाक रू. ५० का दरले नगद सहयाेग गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए। ९ दिनसम्म चल्ने निः शुल्क शल्याक्रिया शिविर सोमवारदेखि जिल्ला अस्पताल दैलेखमा चलिरहेकाे छ ।

शिविरमा प्रतिनिधी सभा सदस्य माननीय रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य माननीय अमर बहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, नारायण नगरपालिका की उपप्रमुख सावित्री मल्ल लगाएतले शिविरकाे उद्घाटन गर्दै सफलताकाे शुभकामना दिए ।

Next Post

दुल्लू नगरपालिकाका अधिकृतमाथी लाग्याे नक्कली भ्याट बिलकाे आराेप, यसाे भन्छन नेपाल (भिडियाे)

२०७७ फाल्गुन १८, मंगलवार
१११ औं अन्तर्राष्टिय महिला श्रमिक दिवसको अवसरमा महिलाहरुकाे हक अधिकारको विषयमा रेडियाे बहस गरिएकाे छ । दुल्लू नगरपालिकाकामा गरिएकाे उक्त बहस कार्यक्रममा स्थानीय एक महिलाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथी १८ लाखकाे नक्कली भ्याट बिल मिलाएकाे आ लगाएकि छन । उनकाे आराेपकाे खण्डन गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले आफुले गलत […]