“गज्जव नेपाल” किन ?

गज्जब नेपाल
२०७७ भाद्र २, मंगलवार १८:५५

कोरोना भाइरसको कारण विश्व नै त्रसित बनिरहेको यस विषम परिस्थितिमा पनि गज्जव नेपाल अनलाइन पत्रिकाकाे शुभारम्भ गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । हामीसँग ठूला संकल्प छैनन्, न ठूला प्रतिबद्धता र योजना छन्, सकेसम्म हामी हरेक नागरिकका आवाजलाई स्थान दिने कोशिस गर्नेछौँ ।

पत्रकारिताको मूल्य मान्यतामा रहेर ईमान्दारपूर्वक काम गर्नेछौँ । सूचना-प्रविधिको तीव्र विकाससँगै पत्रकारिताका आयाम पनि फराकिला भएका छन् । मल्टीमिडियाको प्रयोग विश्वव्यापी रुपमा उच्च छ ।

नेपालमा अनलाइन, टेलिभिजन, रेडियो र छापा माध्यममार्फत पत्रकारिता भइरहेको र पछिल्ला दिनमा यूट्यूव, सामाजिक सञ्जाल जस्ता माध्यमहरु व्यापक प्रयोगमा आइरहेका छन्, पूर्ण मल्टीमिडिया प्लेटफर्ममा सञ्चार गृह स्थापना गर्ने- जहाँ पढ्न, हेर्न र सुन्न एक साथ पाइयोस् । पछिल्लो समय पत्रकारिताले विश्वास गुमाइरहेको, अनलाइन पत्रकारिताप्रति नागरिकका गुनासा बढेकोप्रति हामी जानकार र सचेत छौँ यसलाई चिर्दै हामी अगाडी बढ्ने प्रयास गर्नेछौं ।

विश्वव्यापी र नेपालमा पनि मल्टिमिडियाको उच्च अभ्यास भईरहँदा सामान्य रुपमा शुभारम्भ भएको गज्जव नेपालका अनेक चुनौती छन् । हामी प्रष्ट छौँ, सुरुवात जगमात्रै हो । दिन प्रतिदिन ईट्टा थप्दै जाने छौँ । पाठक, दर्शक र स्रोताका अमूल्य सुझावबाट नै ईट्टा थपिने आशा राखेका छौं । निरंकुश शासनले सञ्चार माध्यम माथि लगाएको प्रतिबन्ध लोकतन्त्रले स्थापित गरेको थियो ।

त्यसैको जगमा सञ्चार माध्यमको विकास र विस्तारले नेपालमा ठूलो फड्को मारेको छ । आज हामी त्यहीं आन्दोलनको बलमा स्थापना भएको व्यवस्थामा स्वतन्त्र रुपमा लेख्ने, बोल्ने र अभिव्यक्ति गर्ने स्वतन्त्रताको प्रयोग गरिरहेका छौँ । भ्रष्टाचार र अनियमितताका श्रृङ्खला बढेका छन् । जति अपेक्षा हुन्छ स्वभावैले उति निराशा पनि हुन्छ । नागरिकमा अहिले त्यस्तै निराशा छाएको छ ।

गलत काममा हाम्रो खबरदारी हुनेछ भने राम्रो कामको हामी प्रशंसा गर्नेछौं । राज्यबाट पिछडिएको, अपहेलित भएको महसुस गरेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, सिमान्तकृत अल्पसंख्यक, पिछडिएको क्षेत्रका अझै असन्तुष्टीहरु छन् ।

राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै लोकतन्त्रलाई बलियो र आम नागरिकलाई अपनत्व दिलाउन गरिने अभियानमा हाम्रो साथ रहनेछ । समाजमा व्याप्त रहेका कुरीती, कुसंस्कारका विरुद्ध कमल चलाई आम नगारिकलाई सुसूचित गर्ने तर्फ गज्जव नेपाल लागि पर्नेछ ।

नागरिकको जन अपेक्षा अनुसार नीति र नियम रही हामी विश्वास दिलाउन चाहन्छौँ, गज्जव नेपाल हरेक नागरिकका आवाज बोक्ने सत्य, निष्पक्ष, स्वतन्त्र र भरपर्दो व्यावसायिक पत्रकारिताको एक स्तम्भ हुनेछ । विश्व कोरोना भाइरसबाट ससंकित भएको बेला तपाई सामु यो कदम चाल्नु हाम्रो लागि निकै चुनिती पूणर् छ भन्ने थाहा हुँदा हुँदै पनि तपाई सामु हामी आएकाछौं त्यसैले अव तपाई एक्लै नभई हाम्रो सिंगो टिम तपाई सँग छ ।

हामी तपाई सँग समन्वय र सहकार्य गरी सँगै अगाडी बढ्नेछौं भन्ने हामीले विश्वास राखेका छौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेका निर्देशन पूणर् रुपमा पालना गरौं, स्वस्थ बनौं अरुलाई पनि बचाऔं आफू पनि बचौं ।


धरम रत्न थापा मगर
डेक्स एडिटर


Next Post

१० वर्षिय वालककाे अपिलः आर्थिक समस्याले उपचार भएन, सहयाेग चाहियाे ।।

२०७७ भाद्र २, मंगलवार १८:५५
दैलेखमा आंखाको उपचार नपाएर छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । जिल्लाको दुल्लु नगरपालिका वार्ड नम्बर–५ का भुवन खत्रीलाई आँखामा एक्कासी घाउ देखिएपछि उपचारको लागि नेपालगंज लगिएको थियो । नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर […]

याे पनि पढ्नुहाेस्