राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखा सिल गरिएको छ । बैंकमा कार्यरत १३ जना कर्मचारीहरुको पि.सि.आर. परिक्षण गर्दा एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको दैलेख शाखा प्रवन्धक चेतन कुमार वि.सि. ले जानकारी दिएका छन् । बैंक अर्को सुचना नआएसम्मका लागि सिल गरिएको हो । अचानक बैंक बन्द भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
दैलेखमा पछिल्लो समय कोरोना संक्रमणको दर घटेको थियो । तर आईतबार समुदाय स्तरमा ३८ जनामा गरिएको परिक्षणमा १७ जनामा कोरोनो पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
पोजेटिभ देखिएकामध्य १४ जना नारायण नगरपालिकाका र ३ जना भैरवी गाउँपालिकाका ३ जना रहेका छन । कोरोना भाइरस समुदाय स्तरमै गइसकोले सरोकारवाला निकायले प्रभावकारी रुपमा खटिनुपर्ने र आम सर्वसाधारण आफै सजक र सचेत हुन आवश्यकता देखिएको छ ।



