१ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग

केशबराज पाैडेल
२०७९ कार्तिक १९, शनिबार १७:२९

विराटनगर-  किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग राख्दै प्रतिनिधिसभा एवम् प्रदेशसभाका लागि मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाएको छ।

आज शनिबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले उक्त ज्ञापनपत्र उम्मेदवारलाई बुझाएको हो। ज्ञापनपत्र बुझेपछि मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदीले माओवादी शुरुवातदेखि नै पहिचानको आधारमा प्रदेश १ को नामकरण हुनुपर्नेमा जोड दिँदै आएको बताए। कार्यक्रममा मोरङ क्षेत्र नं. ४ का अमनलाल मोदी, क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार यादव, मोरङ क्षेत्र नं. ६ का लालबाबु पण्डित, प्रदेशसभा सदस्ययका उम्मेदवार पर्शुराम बस्नेत लगायतका उम्मेदवार आजको कार्यक्रममा उपस्थित भएका थिए ।

Next Post

कात्तिक २२ गते साँझ चन्द्रग्रहण लाग्दै,मेष राशिका व्यक्तिलाई अतिकष्टदायक

२०७९ कार्तिक १९, शनिबार १७:२९
काठमाडौं – भोली (मंगलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ। यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई […]