नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टी परित्याग

गज्जब नेपाल
२०७८ भाद्र १८, शुक्रबार १९:२३

१८ भदौ, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । ५ पुस २०७७ मा संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए । सर्वोच्च अदालतले २३ फागुनमा एमाले पुनस्र्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेन ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अलग–अलग गतिविधि गरिरहे । एमाले एकता अभियान चलाएका गौतम बेला–बेला अध्यक्ष ओली नेतृत्वको बैठकमा गए । पछिल्लो समय माधव समूहले पार्टी फुटाए साथ दिने बताएका थिए । तर अहिले भने उनले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने लगायतका शर्त अघि सारेका छन् ।

Next Post

नेपाली कांग्रेस दैलेखमा एकै परिवारका तीन जना चयन

२०७८ भाद्र १८, शुक्रबार १९:२३
दैलेख। नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि यति बेला वडा तहहरुमा अधिवेशन चलिरहेको छ । यसैबिच दैलेखकाे नारायण नगरपालिका वाड नम्बर ९ बाट एकै परिवारका तीन जना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन हुनेमा एकै परिवारका बाबु रेशम सुनार, आमा मीना सुनार र छोरा नवीन […]