जुम्ला पुन: कोरोनामुक्त, लक्षण देखिए मात्र परीक्षण गरिने

गज्जब नेपाल
२०७७ आश्विन १६, शुक्रबार

जुम्ला – जुम्ला पुन : कोरोना संक्रमण मुक्त भएको छ । चन्दननाथ नगरपालिका –२ मा होम आइसोलेसनमा बसेकी एक जना महिलालाई निको भएपछि जुम्ला पुन: कोरोना संक्रमण मुक्त भएको हो ।

पहिलोपटक साउन १२ गते सबै संक्रमित निको भएपछि जुम्ला कोरानामुक्त भएको थियो । कोरोनामुक्त पछि पुन: जिल्लामा संक्रमित भेटिए पनि अहिले सबै निको भएपछि दोस्रोपटक कोरोनामुक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

लकडाउन भए यता यहाँका आठ स्थानीय तहका ९ हजार ७ सय ३५ जना नागरिकको स्वाब परीक्षण गर्दा २ सय २० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । अहिले सबै जनालाई निको भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

त्यसैगरी, ४०९ जनाको आरडिटी परीक्षण गरिएको थियो । लक्षण देखिए मात्र कोरोना परीक्षण संघीय सरकारको निर्देशसन अनुसार अब लक्षण देखिए मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

उनले भने लक्षण देखिएका व्यक्तिहरुको मात्र निशुल्क कोरोना पिसिआर परीक्षण गरिने छ । लक्षण नदेखिएका व्यक्तिले आफ्नो सो इच्छाले गर्नु परेको खण्डमा प्रति व्यक्ति दुई हजार शुल्क लिने व्यवस्था रहेको उनले बताए

Next Post

वन रेन्जरको निधन

२०७७ आश्विन १६, शुक्रबार
२०७७ असोज १८ दैलेख  – डिभिजन वन कार्यालय दैलेखमा कार्यरत रेन्जर चन्द्र खड्काको रक्तचापका कारण निधन भएको छ । आफ्नै डेरामा रहेका खड्का डेराको छतमा कपडा सुकाउँदै गरेको बेलामा एक्कासी प्रेसर कम भई अचेत भएको भन्ने खुलेको छ । अचेत भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल दैलेख लगिएको र थप […]