तत्काल फाईभजी सेवा परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीकाे निर्देशन

गज्जब नेपाल संवाददाता
 
२०७८ माघ २२, शनिबार १८:३१ मा प्रकाशित

माघ २२, २०७८, काठमाण्डाै –

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिनु भएको हो ।

कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर बि्छ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराउनु भयो ।

फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु’ मन्त्री कार्कीले भन्नु भयो, ‘त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु ।

यस्तै उहाँले देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याइ देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैत्री सेवा पुर्‍याउनेमा आफू विश्वस्त रहेकाे पनि बताउनुभयाे ।

Next Post

किन हुन्छ अपराधिक गतिविधि? यस्ताे छ प्रहरीकाे अभियान....

२०७८ माघ २२, शनिबार १८:३१
माघ २५, २०७८, दैलेख– पछिल्लो समय हाम्राे समाजमा अपराधका घटना बढ्न नदिन प्रहरी सचेत बनेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध न्यूनिकरणका गर्न गाउँगाउँमा पुगेर सरोकारवालासंग छलफल अभियान सुरु गरेको छ । लागुऔषध दुर्व्यसनी, मादक पदार्थ सेवन तथा वालबिवाहले निम्त्याउने घरेलु हिंसाका कारण समाजमा अपराध कर्म बढेको प्रहरीको निष्कर्ष […]