४ मंसिर २०७९
दैलेख: मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन२० ७९ आज सम्पन्न हुँदैछ । देशभरका मतदाताहरुले आफुले चाएको सक्षम र राम्रो नेतृत्व गर्नसक्ने उम्मेदवारको चुनाव चीन्हमा मतदान गरिरहेका छन् ।यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका मा पनि मतदान गर्ने क्रम जारी नै छ।

यहाँभन्दा अगाडी एक नम्बर वडामा एउटा मात्र मतदान केन्द्र रहेको थियो भने भौगोलिक बनावटका आधारमा वडा ठूलो भएकाले मतदाताहरूको सहजताका लागि अर्को एउटा मतदान केन्द्र थपिएको छ ।त्यसैले अहिले वडा नम्बर 1 मा दुईओटा मतदान केन्द्र रहेका छन् जो हुन् आनन्द मावि चापागाउँ र पञ्चकोशी आ बि पाल्त ।
यहाँका मतदाताहरु मतदान गर्न 3-4 घण्टा पैदल हिँडेर मतदान स्थल सम्म पुग्ने गर्दथे त्यसकारण मतदाताको सहजताका लागि अर्को केन्द्र थपिएको हो ।मतदान केन्द्र थपिए पनि सम्बन्धित निकायको लापरबाहीले गर्दा मतदातालाई झनै सास्ती खेप्नुपरेको मतदाताहरु बताउँछन् ।मत हाल्नका लागि ४/५ घण्टा हिँडेर मतदान केन्द्रमा जानुपर्ने बाध्यता अझै रहेको छ । मतदान केन्द्र थपिए पनि किन मतदाता ले झनै सास्ती खेप्नुपरेको हो भन्ने प्रश्न मा जवाफ दिन्छन् आनन्द मा वि चापागाउँ मा खटिएका मतदान अधिकृत बाल बहादुर बि क ” अनलाइन माध्यम बाट नामावली दर्ता हुने भएकाले यस्तो अवस्था आएको हो कसैले चाहेर र जानेर पहिला मतदान गर्ने केन्द्र बाट अर्को मतदान केन्द्रमा सारिएको होइन।
जेष्ठ नागरिकहरुलाई मतदान केन्द्रमा पुग्न समस्या भयको छ। मतदान भने शान्तिपूर्ण ढंगले भैरहेको छ। आनन्द मा वि चापागाउँ मा १३०७ र पञ्चकोशी आ बि पाल्त मा २३४ मतदाता संख्या रहेको छ।


