बलात्कारको आरोप लगाउने महिला प्रहरीको नियन्त्रणमा

केशबराज पाैडेल
२०७९ आश्विन १५, शनिबार

काठमाडौं – महिलालाई हिंसा दुर्व्यवहारबाट जोगाउन बनेको कानून दुरुपयोग गर्दा एक महिला आफैँ प्रहरीको फन्दामा परेकी छन्।

नवलपरासी बर्दघाट चिसापानी घर भएकी ३४ वर्षीया महिलालाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो। उनले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाएर एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्।

​जाहेरी परेपछि अनुसन्धान थालेको प्रहरीले महिलाले झुटो विवरण दिएको पत्ता लगाएको छ। उनले उक्त पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दिएकीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। (थाहाखबरबाट )

Next Post

कैलालीमा चरी बाघ भेटियपछी.........

२०७९ आश्विन १५, शनिबार
धनगढी – कैलालीमा एउटा ‘चरी बाघ’ फेला परेको छ। कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार(आज) ‘चरी बाघ’ फेला परेको हो। डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एउटा डमरु फेला परेको र उक्त डमरुको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको डमरुलाई सब डिभिजन वन कार्यालय मसुरियाले […]