२१ चैत्र, २०७८ दैलेख
दैलेखमा ९१ हजार बालबालिकालाई टाइफाइड विरुद्ध निःशुल्क खोप लगाइने स्वास्थ्य सेवा कार्यालय प्रमुख रेग्मीले बताए । नेपाल सरकारले गरेको पहिलो चरणमा निःशुल्क खोप अभियान अन्तर्गत ४ सय ९ खोप केन्द्र र ५ सय ७६ खोप सेसनबाट खाेप लगाउने छ ।
टाइफाइड रोग विरुद्धको खोप सम्बन्धी ३ सय स्वास्थ्यकर्मीहरुले तालिम लिएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका ३ सय स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले सरकारले चैत २५ र २६ तोकेको भए पनि जिल्लामा आउने प्राविधिक समस्याका कारण एक दिन अघिबाट सुरु गर्न लागिएको बताए ।
टाइफाइड खोप सम्बन्धी तालिमले खोप कसरी लगाउने भन्ने बारे जानकारी हुने, स्थास्थ्यकर्मीलाई सहज र छिटो हुने भएकाले तालिम दिइएको रेग्मीको भनाई छ ।
टाइफाइड विरुद्धको खोप १५ महिना देखि माथि र १५ वर्ष मुनिका बालबालिकाहरुलाई मात्र लगाइने रेग्मीले जानकारी दिए ।