दैलेखः
जिल्ला प्रहरी कार्यालय दैलेखले सरसफाइ अभियानलाइ तिव्रता दिएकाे छ । प्रहरीले शनिवार सदरमुकाम स्थित स्वास्थ्य सेवा कार्यालय, मन्दिर लगायतका सार्वजनिक स्थाानहरूमा फाेहाेर व्यवस्थापन गरेकाे छ । जिल्लाकाे नौमुले, तल्लो डुङगेश्वर, दुल्लु लगायत धेरै स्थानहरूमा करिब २०० जना प्रहरी तथा म्यादी प्रहरीले सार्जवनिक स्थल सरसफाइ गरेका हुन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले अभियानकाे उद्घाटन गरेका हुन । उनले यस्ता रचनात्मक काम गर्न नागरिक पनि जागरूक हुनपर्ने बताए । प्रहरी र नागरिकबिचकाे सम्बन्ध स्थापित गर्न, प्रहरीमा सामाजिक योगदानको भावनाको विकास गर्न, शान्ति सुरक्षा सँगसँगै राष्ट्र र राष्ट्रियता प्रतिकाे उत्तरदायित्व बहन गर्न अभियानले प्रेरणा दिने उदेश्य रहेकाे छ ।
समुदाय प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनिक स्थल,महत्वपुर्ण प्रतिष्ठान तथा बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहले बताए । उनले प्रहरीले पनि सामाजिक उत्तरदायित्वकाे भावना विकास हाेस् र नागरिकमा पनि सचेतना फैलियाेस भन्ने हेतुले यस्ताे अभियान थालिएकाे बताए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले फोहरले विभिन्न खालका रोगहरु लाग्ने भएको सरफाई गर्नु पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । मानिसको सबै भन्दा ठूलो धन स्वास्थ्य भएकाले घर देखि लिएर सबै स्थानको सरसफाई राखेमा फाइदा पुग्ने रेग्मीले बताए ।





