बाग्लुङमा बाढीले एक जनाकाे ज्यान गयाे, १० जना वेपत्ता

गज्जब नेपाल
२०७७ भाद्र १८, बिहीबार ०९:०५

भदौ १८, २०७७ बाग्लुङ

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा मा बाढी, पहिरोमा परेर ज्यान गुमाएका एक जनाको शव भेटिएकाे छ भने अन्य १० जना बेपत्ता भएका छन् । ढोरपाटनको भुदीखोलामा गएराति आएको बाढीले खोला किनारका करिब एक दर्जन घर बगाउँदा आठ जना पुरुष र दुई जना महिलासहित १० जना बेपत्ता भएकाे बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल वर्षासँगै गएराति आएको बाढीले घर बगाउँदा करिब १० जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ । अहिले खोजी र उद्धारको लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।

ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

Next Post

अर्थमन्त्री खतिवडा ७२ घण्टामा पदमुक्त हुंदै, वामदेवलाइ राष्ट्रियसभामा लैजाने तयारी

२०७७ भाद्र १८, बिहीबार ०९:०५
१८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा ७२ घण्टामा पदमुक्त हुंदैछन । उनको ६ महिने कार्यकाल आइतबार राति १२ बजेसम्म मात्रै रहेकाे छ । डा. खतिवडा ०७६ साल फागुन फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएर २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका […]

याे पनि पढ्नुहाेस्