किन हुन्छ अपराधिक गतिविधि? यस्ताे छ प्रहरीकाे अभियान….

गज्जब नेपाल
२०७८ माघ २५, मंगलवार १९:०१

माघ २५, २०७८, दैलेख– पछिल्लो समय हाम्राे समाजमा अपराधका घटना बढ्न नदिन प्रहरी सचेत बनेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध न्यूनिकरणका गर्न गाउँगाउँमा पुगेर सरोकारवालासंग छलफल अभियान सुरु गरेको छ । लागुऔषध दुर्व्यसनी, मादक पदार्थ सेवन तथा वालबिवाहले निम्त्याउने घरेलु हिंसाका कारण समाजमा अपराध कर्म बढेको प्रहरीको निष्कर्ष छ ।

समाजमा हुने अपराधिक गतिविधि कम गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने दैलेखका प्रहरी प्रमुख डिएसपि भुवनेश्वर शाहले बताए । उनले “म अपराध गर्दैन, सहन्न र हुन पनि दिन्न” भन्ने मुल मन्त्र सबैले आत्मसाथ गरेमा समाजमा शान्ति सुरक्षा सहजै कायम हुने बताए । जसरी नेपाली समाजले भ्रष्टाचार न्यूनीकरणमा यस्ता नारालाई मान्यता दिएको छ त्सैगरि अपराधलाई पनि सोच्नुपर्ने शाहले बताए ।

यस्तै “प्रहरी मेरो साथी” कार्यक्रमलाई भनसुन गर्ने माध्यमको रुपमा नबुझ्न उनले आग्रह गरे । अपराध न्यूनीकरण र शान्ति सुरक्षा व्यवसथपनमा प्रहरीलाई साथीको रुपमा सहयोग गरेमा मात्र यो कार्यक्रमको उद्देश्य पुरा हुने उल्लेख गरे । साथै उनले मुस्कान सहितको प्रहरी सेवा कार्यक्रमलाई पनि गलत रुपमा व्याख्या भएकोमा असन्तुष्टी जनाए ।

उनले भने “प्रहरीको आनीवानी र व्यवहार सुधारका गर्नका लागि मात्र मुस्कान सहितको सेवा हुन्छ, तर अपराध गरिरहेका व्यक्तिलाई पनि मुस्कान सहितको सेवा खै भनेर प्रश्न गरेर कहाँ हुन्छ?” समृद्ध समाज निर्माणका लागि प्रहरी र नागरिक संगसंगै हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताए । दुल्लू नगरपालिका १३ स्थित अस्थायी प्रहरी चौकी बिनायकमा अन्तरक्रिया कार्यक्रममा गरिएको थियो ।

Next Post

अभिनेता पल शाहविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता

२०७८ माघ २५, मंगलवार १९:०१
काठमाडौं : अभिनेता पल शाहविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता भएकाे छ । उमेर नपुगेकी किशोरीमाथि यौन सम्बन्ध राखेको आरोपमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको हाे । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी दर्ता भएको हो । पीडितका आफन्त प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । […]

याे पनि पढ्नुहाेस्