सामाजिक सञ्जालमा चुनाव प्रचार रोकिएन: लाइक, कमेन्ट र शेयर गर्नेलाई यस्ताे कारबाही हुने

गज्जब नेपाल संवाददाता
 
२०७९ बैशाख २८, बुधबार २०:४३ मा प्रकाशित

बैशाख २८, २०७९ काठमाण्डाै – यही वैशाख ३० गते हुने  स्थानीय तहकाे चुनावका लागि हिजाे मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन ।

भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक सञ्जालमार्फत हुने प्रचार भने रोकिएको छैन । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, टिकटक लगायतका सामाजिक सञ्जालमा डलर तिरेर स्पोन्सर गरेका प्रचार सामग्री प्रशस्तै भेटिएका छन् । यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने आयोगले बताएको छ तर अहिले प्रचार सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्नेहरू छ्यापछ्याप्ती भेटिएका छन् ।

आयोगले हिजाे राति १२ बजेअघि नै स्पोन्सर गरिएका सामग्री निष्क्रिय बनाउन या हटाउन निर्देशन दिए पनि सामाजिक सञ्जालका भित्ता दल र उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रचार सामग्री राख्ने र त्यसमा लाइक, कमेन्ट र शेयर गर्नेहरूलाई पनि कारबाही हुने चेतावनी दिनुभयो । ‘हामीले त्यस्ता सामग्री हटाउन भनेका छौँ । त्यस्ता सामग्रीमा लाइक, शेयर र कमेन्ट नगर्न भनेको छौँ, कसैले अटेरी गर्छ भने आयोगमा नेपाल प्रहरीको साइबर ब्युरो सहितको टास्क फोर्स छ, त्यसले कारबाही गर्छ । त्यस्ता सामग्री राखिएका पेजहरू ब्लक हुन सक्छन्, त्यसैले कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालको प्रयोग नगरौँ’, अर्यालले भन्नुभयो ।

Next Post

बिजुलीकाे पाेलमा करेन्ट लागेर गाेरूकाे मृत्यू

२०७९ बैशाख २८, बुधबार २०:४३
वैशाख २९, २०७९ दैलेख– दैलेखमा करेन्ट लागेर गाेरूकाे मृत्यू भएकाे छ ।  जिल्लाकाे नारायण नगरपालिका वडा नम्बर ५ धिताहामा चर्दै गरेकाे गाेरूले पाेलमा छाेइदा करेन्ट लागेर मृत्यू भएकाे हाे । तार कसेकाे ठाउँबाट छुटेर  पोलमा जुधेकाे अवस्थामा थियाे । यसरी सिधै पाेलमा  करेन्ट प्रवाह भएकाेले गाेरूकाे ज्यान गएकाे हाे । […]