बिजुलीकाे पाेलमा करेन्ट लागेर गाेरूकाे मृत्यू

गज्जब नेपाल
२०७९ बैशाख २९, बिहीबार १८:०२

वैशाख २९, २०७९ दैलेख–

दैलेखमा करेन्ट लागेर गाेरूकाे मृत्यू भएकाे छ ।  जिल्लाकाे नारायण नगरपालिका वडा नम्बर ५ धिताहामा चर्दै गरेकाे गाेरूले पाेलमा छाेइदा करेन्ट लागेर मृत्यू भएकाे हाे । तार कसेकाे ठाउँबाट छुटेर  पोलमा जुधेकाे अवस्थामा थियाे । यसरी सिधै पाेलमा  करेन्ट प्रवाह भएकाेले गाेरूकाे ज्यान गएकाे हाे ।

यस अघि पनि यस क्षेत्रमा विद्युत लापरवाहीका कारण मानवीय क्षेती पनि हुँदै अाएकाे छ । विद्युत प्राधिकरणकाे लापरवाहीका कारण क्षेती भएकाे स्थानीयकाे गुनासाे छ । मानवीय क्षेती हुनबाट बचेपनि जनतामा त्रास बढ्दै गएकाे उनीहरूकाे भनाइ छ ।

Next Post

याे पनि पढ्नुहाेस्