विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने

गज्जब नेपाल
२०७७ मंसिर २४, बुधबार १०:०९

काठमाण्डौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको घोषणा हुँदै छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीको सञ्चार विभागले जनाएको छ ।

नवगठित विवेकशील साझा पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहनेछन् । दिउँसो साढे ३ बजे एकता घोषणा कार्यक्रम सुरु हुनेछ ।

Next Post

हुम्लामा एक सिलिन्डर ग्यासकाे मूल्य चौध हजार, ७० जना ग्राहक

२०७७ मंसिर २४, बुधबार १०:०९
हुम्ला, २७ मंसिर । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा […]