बाबुराम र वामदेवलाई हंसिया हथाैडा चिन्ह दिने माओवादी निर्णय

गज्जब नेपाल
२०७९ श्रावण ३१, मंगलवार

काठमाडौँ, साउन ३१

अागामी प्रतिनिधि सभाकाे निर्वाचनमा नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न नेकपा (माओवादी केन्द्र) ले सहमति दिएको छ।

पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

‘बाबुराम भट्टराई र वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको छ। उहाँहरूका शर्तका विषयमा थप छलफल गरिने छ,’ उनले भने। उनीहरूलाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा समेत छलफल हुने महराले बताए।

Next Post

साेसेकका २५ उपलब्धी

२०७९ श्रावण ३१, मंगलवार
दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले २५ वर्षका मुख्य २५ उपलब्धी सार्वजनिक गरेको छ । वि.स. २०५४ मा स्थापित संस्थाले बिहीवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उपलब्धीहरु सार्वजनिक गरेको हो । संस्थाले स्थापनाको २५ वर्ष पुरा भएको अबसरमा रजत जयन्ती मनाउँदैछ । संस्थाका कार्यवाहाक अध्यक्ष मञ्जुकुमारी खड्काले उपलब्धीहरु सार्वजनिक […]