दशैँ सुरु भएसँगै पेट्रोलियम पदार्थको खपत बढ्यो

केशबराज पाैडेल
२०७९ आश्विन १५, शनिबार ०६:३४

काठमाण्डौ – बडा दशैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत बढेको छ । गएको वर्षको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
दशैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिय । दशैँ सुरु हुनुअघि भने डिजेल दैनिक औसत ३५ लाख लिटर खपत हुँदै आएको थियो ।

दशैँ मनाउन मानिसहरु काठमाण्डौ उपत्यका बाहिरिन थालेसँगै काठमाण्डौका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । शुक्रबार देखि सरकारी तथा निजी कार्यालय दशैँ बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ ।

Next Post

सल्यानको कुमाखमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

२०७९ आश्विन १५, शनिबार ०६:३४
सल्यान – सल्यानको कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना भएको छ ।आज बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।गाउँपािलकाको वडा नं ७ डुमकोटबाट […]