प्रचण्ड र नारायणकाजी गोरखा १ र २ मा सिफारिस बावुराम अन्याैलमा

गज्जब नेपाल
२०७९ भाद्र १७, शुक्रबार १२:२२

१७ भाद्र २०७९, काठ्माडाैं

नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ। यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्। आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए।

माओवादी केन्द्र गोरखाले भने अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। यीबाहेक इच्छुक अन्य नेता, कार्यकर्ताका नामसमेत समावेश गरी केन्द्रमा उम्मेदवार सिफारिस गरिने माओवादी केन्द्र गोरखाका नेता लेखबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्। २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए। त्यसबेला नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेका थिए।

बाबुरामले मंसिर ४ मा हुने चुनावमा हँसिया हतौडाबाट चुनाव उठ्ने तयारी गरेका छन्। बाबुरामले गोरखा २ बाट उठ्ने बताइरहेका छन्। माओवादी गोरखाका नेताहरूले भने बाबुराम गोरखा २ मा उठ्नभन्दा पनि सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी देशका अन्य क्षेत्रमा चुनाव उठ्नुपर्ने बताएका छन्। तर माओवादीकै चुनाव चिन्ह हँसिया हतौडाबाट चुनाव लड्ने र पार्टी एकतासमेत हुन सक्ने भएकोले केन्द्रले गर्ने निर्णय आफूहरूले मान्ने माओवादीका एक नेताले बताए।

Next Post

कक्षा १२ को परीक्षाफल प्रकाशितः यसरी हेर्नुहाेस् ग्रेडशिट

२०७९ भाद्र १७, शुक्रबार १२:२२
 भाद्र १७, २०७९भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा […]

याे पनि पढ्नुहाेस्