ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदमाथि समूहगत रूपमा छलफल भइरहेको छ । छलफलमा भाग लिदै दैलेखकी महासमिति सदस्य वासना थापाले महासमिति बैठकले पार्टीका उपसभापति, महामन्त्री, सहमहामन्त्री लगाएतका पदमा पचास प्रतिशत महिलाको पूर्ण सहभागिताको ग्यारेन्टी गर्नुपर्ने वताउनुभयो । उहाँले पार्टीका विभिन्न पदाधीकारी पदमा पचास प्रतिशत महिलाको ग्यारेन्टी महासमिति बैठकले गर्नुपर्ने वताउनुभयो । महासमिति सदस्य थापाले पार्टीको आन्तरिक सुदृढिकरणको लागि महासमिति बैठकमा महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव अनुसार जान जरुरी रहेको वताउनुभयो । उहाँले पार्टीको महाधिवेशनको मिति सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो । महासमिति सदस्य थापाले तल्लो तहमा छलफल गरेर मात्र महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह समेत गर्नुभयो।
Next Post

गाैतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकाले गर्याे टेन्डर आह्वान
२०८० फाल्गुन १०, बिहीबार
१७, फागुन, चितवन । गाैतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकाले टेन्डर आह्वान गरेको छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको रंगशाला निर्माणका लागि टेण्डर आह्वान भएको हाे । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए । […]
याे पनि पढ्नुहाेस्
-
October 30, 2020
नवदुर्गाको प्रसाद शीतल निवास पठाइने
-
April 7, 2022
दैलेखमा ४ दलीय गठबन्धनकाे चुनावी तालमेल हुने (अपिल सहित)
-
August 24, 2020
कोरोना भाइरस संक्रमितकाे संख्या ३२ हजार नाघ्यो, १५७ जनाको मृत्यु
-
November 13, 2022
कर्णालीमा १५ हजार मत खसाल्ने परिवार दलको दाबी
-
February 10, 2023
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन (भिडियाे)
-
January 21, 2022
प्रधानमन्त्री देउवा, राष्ट्रका नाममा सम्बोधन गर्दै

