कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही घाेडाबाट लडेर घाइते भएका छन् । हुम्लाको सिमिकोट ३ मा मुख्य मन्त्री शाही घोडामा चढेका बेला अचानक लडेर घाइते भएका हुन् । उनी एक जलविद्युत अायाेजनाकाे निरिक्षण गर्न सिमिकाेट पुगेका थिए । शाहीको टाउको तथा शरिरकाे अन्य भागमा चोट लागेको बताइएकाे छ । शाहीलाइ उपचारकाे लागि सिता एयरकाे जहाजमार्फत सुर्खेत ल्याइदै छ ।



