नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्का र वडा नं १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठ ध्रुवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले गज्जब नेपाललाई जानकारी दिएका छन् ।

अहिले खड्कालाई दैलेख जिल्लाको कोरोना अस्पतालमा राखिएको छ । केहीदिनदेखि रुघाखोकीको संक्रमण बढेपछि उनले कोरोना जाँच गराएका थिए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांक अनुसार आज परीक्षण गरिएका १२ जनामै कोरोना संक्रमण पुष्टि भएको छ ।


