कात्तिक २२ गते साँझ चन्द्रग्रहण लाग्दै,मेष राशिका व्यक्तिलाई अतिकष्टदायक

केशबराज पाैडेल
२०७९ कार्तिक २१, सोमबार

काठमाडौं – भोली (मंगलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ। यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ। धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ।

कात्तिक २२ गते साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुँदैछ। त्यसैले यो ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ। साँझ ०६ः३४ बजे ग्रहण सकिनेछ।

Next Post

हेटौडामा तातो तेल अनुहारमा छ्याप्दा दुई घाइते

२०७९ कार्तिक २१, सोमबार
हेटौंडा – हेटौंडामा तातो तेल अनुहारमा छ्याप्दा दुई जना घाइते भएका छन्। हेटौडा –१३ वनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा हेटौंडा–१९ बस्तिपुर बस्ने २८ वर्षीय मोहन दोङले स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बालाई तातो तेल छ्यापेका थिए। तातो तेलले पोलेको भोलन र जिम्बा घाइते भएको […]