बर्षाको कारणले अछाममा पहिरो ,घर पुरिदा ४ जनाको मृत्यु, १२ जना बेपत्ता

केशबराज पाैडेल
२०७९ आश्विन १, शनिबार १०:२४

अछाम – लगातारको वर्षाले अछाममा पहिरो आई घर पुरिदा ४ जनाको मृत्यु भएको छ । पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले बताए। उनका अनुसार कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ।

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए। त्यहाँका लागि प्रहरी घटनास्थल पुग्दैछ भने कमलबजारमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जानकारी आएको छ ।

Next Post

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो

२०७९ आश्विन १, शनिबार १०:२४
अछाम – लगातारको वर्षाले गर्दा अछाममा पहिरो आई घर पुरिदा मुत्यू हुनेको सङ्ख्या २२ पुगेको छ । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको नामथर र ठेगाना प्राप्त भएको छ । तिनै पालिकामा गरी मुत्यू हुनेको सङ्ख्या २२ जना पुगेको हो ।मृत्यू हुनेमा ढकारी गाउँपालिका […]