कप्तान लामिछानेबिरुद्द बालिका बलात्कार आरोपमा जाहेरी

गज्जब नेपाल
२०७९ भाद्र २२, बुधबार ०७:२३

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।

लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ ।

उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ ।

‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो । ्क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ ।

उनले सामाजिक संजालमार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबरजस्ती गरेको जनाइएको छ । बलात्कारको घटना पीडितकी साथीले सुरुमा बाहिर ल्याएको बुझिएको छ ।

Next Post

सिट बाँडफाँट कार्यदलको बैठक साँझ ५ बजे बस्ने , सिट संख्या आजै सार्वजनिक गर्ने तयारी

२०७९ भाद्र २२, बुधबार ०७:२३
काठमाडौं – सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी  गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन ।सहमतिलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका […]