सिटिजन्स बैंक दुल्लूले गर्याे विद्याश्रममा निःशुल्क स्वास्थ्य परीक्षण

तीर्थ भण्डारी
२०८१ चैत्र ३, आईतवार १८:५०

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ। दुल्लु नगरपालिकासँगको सहकार्यमा दुल्लु नगरपालिका १० स्थित पञ्चकोशी वेद विद्या आश्रमका विद्यार्थी सहित समुदायका करिब २०० जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्, करिब ५०,००० रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको बैंकले जानकारी दिएकाे  छ।

कार्यक्रममा जिल्लाका विशिष्ट चिकित्सकहरू, वडा अध्यक्ष तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर  स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा अत्यन्तै हर्षित भएको शाखाका अपरेसन इन्चार्ज सुरेन्द्र गुरुङले जानकारी  दिए । आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूमा संलग्न रहने प्रतिबद्धता बैंक शाखाले व्यक्त गरेको छ।

Next Post

दैलेखमा ६ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुने, नियमसंगत नभए कारबाही गर्ने चेतावनी...

२०८१ चैत्र ३, आईतवार १८:५०
यस वर्षकाे दैलेखमा ६ हजार १ सय ९६ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुने भएका छन् । जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार ५ सय ४ तथा ग्रेड वृद्धि तर्फ १ हजार ६ सय ९२ जनाले एसईई दिनेछन् । १ सय १२ सरकारी र ३ वटा संस्थागत […]