अझैँ सुरु भएन मतगणना दैलेख क्षेत्र नं.२ को

केशबराज पाैडेल
२०७९ मंसिर ५, सोमबार

दैलेख : दैलेख निर्वाचन क्षेत्र नं.२ मा अझैँ मतगणना सुरु भएको छैन ।आइतबार( हिजो )मतदान सकिएपछि रातिसम्म भएपनी एउटा केन्द्र बाहेक सबै ठाँउको मतपेटिका दुल्लु निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो ।तर ठाटिकाँध गाउँपालिका २ को पिपल चौतारा मतदान केन्द्रको मतपेटिका आज विहान सम्म पनि नआइपुगेपछि विभिन्न विवादको विषय बनाएर छलफल भैरहेको छ।

सो केन्द्रका मतदान अधिकृतको कमजोरिको कारण देखाउँदै मतपेटिका नआएको विभिन्न राजनैतिक दलका उम्मेदवार र कार्यकर्ताहरुले विवादको विषय बनाएका छन ।पिपल चौतारा मतदान केन्द्रको मतपेटिका आज दिउसो पौने १ बजे दुल्लू आइपुगेको थियो ।

मतपेटिकाको शिल नम्बरहरु मिलेको र जस्ताको तस्तै रहेपनि दिउसो करिब २ बजे बसेको सर्वदलिय वैठकमा विभिन्न छलफल र विवाद भइरहेको छ । उक्त क्षेत्रको मतगणनाको विषय यतिवेलासम्म अन्योलमा रहेको छ।

Next Post

दैलेख क्षेत्र नं 2 मा काँग्रेसका शाही 830 मतले अगाडी

२०७९ मंसिर ५, सोमबार
दैलेख निर्वाचन क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेस ले अग्रता लिएको छ । हालसम्मको मतपरिणम अनुसार नेपाली कांग्रेस का प्रतिनिधि सभाका उम्मेदवार दिक्पाल कुमार शाही 830 मतले अग्रता लिएका छन । अहिले सम्म 6125 मत गणना हुँदा शाहीले 2893 मत पाएका छन । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी […]