सिट बाँडफाँट कार्यदलको बैठक साँझ ५ बजे बस्ने , सिट संख्या आजै सार्वजनिक गर्ने तयारी

केशबराज पाैडेल
२०७९ भाद्र २२, बुधबार ०८:५६

काठमाडौं – सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी  गरेको छ ।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै « Susashan Nepal

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन ।सहमतिलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइएको छ । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

Next Post

पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना पुष्टि

२०७९ भाद्र २२, बुधबार ०८:५६
काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण […]