नेपाल परिवार दलले कर्णाली प्रदेशमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा परिवार दलका केन्द्रीय प्रवक्ता रुपसिंह भण्डारीले आगामी निर्वाचनमा कर्णाली प्रदेसशबाट १५ हजार भोट खसाल्ने दाबी गरेका छन् ।
जिल्ला अध्यक्ष तथा सुर्खेत क्षेत्र न. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत बहादुर बि.सी. ले धन्यवाद दिदै परिवार दलको सहकार्य सधै रहने र परिवार दलका पारिवारिक आदर्श र एजेन्डाहरु पनि एमालेले अगाडी बढाउने बताएका छन।
परिवार दल जिल्ला सचिव दिनेश प्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य सरिता अधिकारीको उपस्थिति रहेको थियो । दलका केन्द्रिय सदस्य योगेन्द्र बहादुर कार्कीले संचालन गर्नु भयको थियो।