कालीकोटमा पहिरोले ११ जना बेपत्ता, एक जनाको ज्यान गयाे

गज्जब नेपाल
२०७७ भाद्र १४, आईतवार

भदौ १४, २०७७ कालीकोट

जिल्लाकाे तिलागुफा नगरपालिका वडा नं १ मा गएकाे पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ का ५ वर्षिय निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले जानकारी दिए ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका ३ का ११ वर्षिय अर्जुन हमाललाई जीवितै उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षीया पन्ना शाहीको जीवितै उद्धार गरिएको छ ।

Next Post

पेरु कोरोना मृत्युदरमा अमेरिका र ब्राजिल भन्दा पनि अगाडि

२०७७ भाद्र १४, आईतवार
भदौ १४, २०७७, काठमाण्डौ कोरोना भाइरसको सङ्क्रमण अमेरिका, ब्राजिल र भारतमा धेरै भए पनि सङ्क्रमणका कारण हुने मृत्युदरमा पेरु अग्रस्थानमा छ । पेरुमा प्रति १० लाख जनसङ्ख्यामा आठ सय ६६ जनाको ज्यान जाने गरेको वर्ल्डाेमिटरले जनाएको छ । यस्तै जोन हप्किन्स विश्वविद्यालयले पनि दक्षिण अमेरिकी देश पेरुमा कोरोनाको सङ्क्रमणको मृत्युदर […]