स्वास्थ्य सेवा प्रवाहमा कर्णलीमा जाजरकोट एक नम्बरमा

केशबराज पाैडेल
२०७९ आश्विन १०, सोमबार

सुर्खेत -स्वास्थ्य सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ। कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ अंक ल्याएर पहिलो भएको हो।

३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ।  त्यस्तै कार्यालय प्रमुखको प्रस्तुती, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुती र भौगोलिक अवस्था आदिलाई आधार मानेर मूल्यांकन गरिएको थियो। त्यस्तै दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैठौँमा दैलेख, सातौँमा रुकुम पश्चिम, आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा रहेको छ।

सेवा प्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्छ्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरु सूचकमा समेटिएका थिए।

Next Post

सल्यानमा जिप दुर्घटना , ८ जनाकाे ज्यान गयाे

२०७९ आश्विन १०, सोमबार
सल्यान – सल्यान जिल्लाकाे कपुरकोटमा गएराति जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । साेहि दुर्घटनामा परि एक जना घाइते भएका छन् ।बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]