प्रधानमन्त्री विरूद्द दैलेखमा माधव–प्रचण्ड पक्षकाे विराेध प्रदर्शन (भिडियाे सहित)

गज्जब नेपाल
२०७७ पुष १४, मंगलवार १९:३४

प्रधानमन्त्री केपी शर्मा आलीको कदम असंवैधानिक रहेकाे भन्दै दैलेखमा पनि प्रचण्ड–माधव पक्षले प्रदर्शन गरेको छ। दैलेख सदरमुकाममा  –याली निकालेर देवकाेटा चाेकमा काेणसभामा परिणत भएकाे थियाे । काेणसभालाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रिय सदस्य राज बहादुर बुढाले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

बुढाले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको पनि बताए । उनले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको पनि बताए ।

बिरोध शभालाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य एवम नेकपाका विदेश बिभाग उप प्रमुख विष्णु रिजालले केपी ओली जस्ता तानाशाहका कारण आफुहरु फेरि एक पटक सडकमा आउन बाध्य भएको बताए । पुस ५ गते ओलीले जुन कदम चालेका छन् त्यसको विरोधमा अहिले काठमाडौंसहित देशभर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सडकमा आउनु आफूहरुको रहर नभई आवश्यकता भएको बताए।२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिलेसम्मको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

गत निर्वाचनबाट बहुमत ल्याउने कम्युनिस्ट नै भएकाले बालुवाटारमा बस्ने गुट तानाशाही मात्र भएको टिप्पणी गरे । उक्त कार्यक्तमलाई नेता टेक बहादुर खाँण थिर बहादुर कार्कि नेतृ पावर्ति विसुन्के युवानेता शुशिल थापा अनेरास्ववूका सह संयोजक हेमन्त दसौदि, राष्टिय युवा संघ दैलेखका सह संयोजक गणेश रोकाए लगाएतले प्रधानमन्त्रीकाे कदमप्रति अापत्ती जनाउदै राजतन्त्रको आयु सकिए जसरी नै निरङ्कुश बाटो समातेको केपी ओलीको आयु  पनि सकिने बताएका हुन्।

भिडियाे हेर्नुहाेस्ः

Next Post

दैलेखमा नेकपा (वली समूह) ले प्रधामन्त्रीकाे समर्थनमा गर्याे शक्ति प्रदर्शन (भिडियाे)

२०७७ पुष १४, मंगलवार १९:३४
प्रधानमन्त्री केपी शर्मा वलीकाे समर्थनमा नेकपा दैलेख (वली समूह) ले शक्ति प्रदर्शन गरेकाे छ । प्रधानमन्त्रीकाे समर्थन सभामा ओली पक्षका कार्यकर्ताहरू अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन्। ओली पक्षले ताजा जनादेशमा जानु प्रधानमन्त्रीको सही निर्णय भएको भन्दै दैलेखमा बृहत कार्यकर्ता भेला गरेको हो। भेलालाई ओली समूहका नेता […]

याे पनि पढ्नुहाेस्