आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने

केशबराज पाैडेल
२०७९ आश्विन २९, शनिबार ०८:३७

काठमाण्डौ – निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ ।

यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो ।आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै नियमित अनुगमन गर्न काउन्सिललाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ । सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताएका छन ।

Next Post

मतदाता नामावलीमा नाम भएकाले आधिकारिक परिचयपत्रबाट पनि मतदान गर्न पाउने

२०७९ आश्विन २९, शनिबार ०८:३७
काठमाण्डौ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाता नामावलीमा नाम भएकाले आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । चुनावमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका […]