२ माघ, २०७९, जुम्ला
जुम्लामा आज साेमवार जीप दुर्घटना एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । जुम्ला सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग १ ज ४०३५ नम्बरको जीप कोटभिरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पातारासी गाउँपालिका १ का छोदेन लामाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी नायब निरीक्षक यमबहादुर बुढाले बताउनुभयो । दुर्घटनाका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


