निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेता पौडेललाई ३ घण्टामा प्रहरीले छाेड्याे

गज्जब नेपाल
२०७७ मंसिर १७, बुधबार १८:५०

१७ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई  प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको छ । प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका थिए ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो । रिहा भएपछि वरिष्ठ नेता पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गर्ने कार्यक्रम राखेका छन् ।

निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेता पौडेललाई प्रहरीले पक्राउ गरेकाे थियाे । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

यसरी गरिएकाे थियाे पक्राउ

Next Post

दैलेखमा एकसय शैयाका अस्पताल निर्माण गरिदै, नागरिक उत्साहित

२०७७ मंसिर १७, बुधबार १८:५०
२०७७ मंसिर १७, दैलेख जिल्लाका ७ स्थानीय तहमा १०० शैंयाँ आधारभुत अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्य अन्र्तगर्त जिल्लामा गएको सोमबार ७ वटा अस्पतालको शिलान्यास गरिएको हो । नेपालभरि ३ सय ९३ वटा अस्पतालको शिलान्यास गरिरहेका बेला दैलेखका ११ वटा स्थानीय तह […]