दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

गज्जव नेपाल संवाददाता
 
२०७७ आश्विन १०, शनिबार ०८:०७ मा प्रकाशित

असोज १०, २०७७
दैलेख – दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ परेका छन् । नौमूले गाउँपालिका–३ द्वारीगाउँका १७ वर्षका किशोर र नौमूले गाउँपालिका–५ नौमूले गाउँकी १६ वर्षकी किशोरीलाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गरेको सूचनाका आधारमा उनीहरुलाई नौमूले गाउँपालिका–३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताउनुभयो । त्यस्तै डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २७ वर्षका युवाले डुंगेश्वर गाउँपालिका–३ चौखडाकी १५ वर्षकी किशोरीलाई विवाह गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले गएको भदौ ३० गते विवाह गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । मुलुकी अपराध सहिंता ऐन २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

Next Post

आईपीएल : कोलकत्ता नाइट राइडर्सको पहिलो जित

२०७७ आश्विन १०, शनिबार ०८:०७
असोज ११, २०७७ काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । राति भएको खेलमा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहँदै ७० रनको अर्धशतकीय इनिङ्स […]

याे पनि पढ्नुहाेस्