सौर्य एयरलाइन्सको जहाज अवतरण गर्दा विमानस्थलमा स्याल देखिएपछि….

केशबराज पाैडेल
२०७९ भाद्र ३१, शुक्रबार १५:२९

धनगढी – धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।

धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो । शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको बताइएको छ।

जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको हो। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताएका छन ।

Next Post

दाङमा टेम्पोमा आगो लगाउने २ जना पक्राउ

२०७९ भाद्र ३१, शुक्रबार १५:२९
दाङ – दाङको घोराही उपमहानगरपालिकामा प्रहरीले अटो मा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ कृष्ट हस्पिटल चोक घर भई हाल घोराही उपमहानगरपालिका –१५ बस्ने २३ वर्षका मिलन पौडेल र बाग्लुङ जिल्ला घर भई हाल घोराही–१५ विपी चोक बस्ने २९ वर्षका कमला दर्जी रहेको जिल्ला प्रहरी […]