सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन

केशबराज पाैडेल
२०७९ मंसिर ६, मंगलवार

काठमाडौं : चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।

चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रोबस दुर्घटना भएको थियो।

सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा अन्य ४ जना घाइते भएको पण्डितको भनाइ छ। थाहासञ्चार नेटवर्कबाट प्रशारण हुने चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव थिए।

घाइते विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पण्डितको भनाइ छ।

 

Next Post

दैलेख क्षेत्र नम्बर २ को क प्रदेश सभामा भण्डारी विजयी

२०७९ मंसिर ६, मंगलवार
दैलेख :  दैलेख क्षेत्र नम्बर दुई को क मा पाँच दलीय गठबंधन बाट चुनाव चिन्ह रूख लिएर उम्मेदवारी दिएका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारी १० हजार आठसय मत प्राप्त गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी तिलक रिजालले ९ हजार चार सय ९५ मत पाए। भण्डारी एक […]