दैलेखमा रेडियो मातृभुमीले सुरु गर्यो नियमित प्रशारण

केशबराज पाैडेल
२०७९ आश्विन ४, मंगलवार १०:५६

दैलेख – मातृभुमी संचार केन्द्र नेपालद्धारा दैलेख बजारमा संचालित रेडियो मातृभुमी एफ .एम ९६ .५ मेगाहर्जको विधिवत रुपमा उद्याटन भएको छ । रेडियोले केही दिन अघिदेखि नै परिक्षण प्रशारण सुरु गरेको थियो । संबिधान दिवस २०७९ को अवसर पारी रेडियो मातृभुमी उद्याटन भएको छ ।

सोमबार माननिय जिल्ला न्यायाधिश बलराम लम्सालको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र नारायणनगरपालिकाका नगर प्रमुख लोमन प्रसाद सर्माको बिशेष आतिथ्यतामा जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कार्यालय प्रमुख, बिभिन्न संघसँस्थाका प्रमुख तथा प्रतिनिधी लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थितीमा रेडियोको भब्य उद्याटन भएको थियो ।
उद्घाटन समारोहमा बाेल्दै रेडियोको प्रवन्ध निर्देशक भिम बहादुर सिजापतीले आफुले जानेको ज्ञान सिपको भर पुर्ण प्रयोग गरी अनियमितता, भ्रष्टचार, लगायत समाजिक कुरितीको बिरोध गर्ने र राम्रा कामको प्रसंसामा कुनै कन्जुस्याई नगर्ने भएकोले रेडियो निश्पक्ष र स्वतन्त्र ढंगबाट संचालन हुने बताय ।”

Next Post

मन्त्री दीर्घ सोडारीकी पत्नी गीताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७९ आश्विन ४, मंगलवार १०:५६
धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मन्त्री सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आज जानकारी दिएका छन । उनका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले […]