आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

केशबराज पाैडेल
२०७९ आश्विन १३, बिहीबार

काठमाण्डौ – आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।
नेपाल लगाएत अन्य देशमा पनी पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग लागेको पाइएको छ । सरकारी तथ्याङ्कअनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । १० प्रतिशतलाई मधुमेह छ ।

यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बँच्न सकिन्छ ।

Next Post

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा ट्रकचालकको मृत्यु ,सहचालक घाइते

२०७९ आश्विन १३, बिहीबार
जुम्ला – जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ। हिमा गाउँपालिका १ आचार्य लिहीमा उक्त ट्रक दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताएका छन । उनका अनुसार बागमती प्रदेश ०३ ००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना […]