दैलेख
भिजन बन कार्यालय दैलेखको आर्थिक सहयोगमा क्लिन सिटी अफ दैलेखद्वारा संचाललिन सुबिधा सम्पन्न सौचालय संचालनमा आएको छ । नारायण नगर पालिका वार्ड नं. १ स्थित दैलेख – सुर्खेत टिकट छुट काउण्टर नजिक रहेको उक्त सौचालय डिभिजन बन कार्यालय दैलेखले भ्याट र कन्टिजेन्सि बाहेक ४२०,०००। मा निर्माण सम्पन्न गरेको क्लिन सिटी अफ दैलेखका संयोजक राजेश कुमार हमालले उद्घाटन समारोहमा जानकारि दिनु भएको थियो ।
यसै गरि उद्घाटन समारोहका प्रमुख अतिथी नारायण नगर पालिका वार्ड नं. १ का वाड अध्यक्ष श्री तिर्थ नारायण श्रेष्ठले दैलेख सदरमुकाम बजारमा हालसम्म पनि सार्बजनिक सौचालय संचालनमा नरहेकोले आन्तरिक तथा बाह्य पर्यटनहरुले खुल्ला ठाउमै सौच गर्न बाध्य भएकोमा आगामि दिनमा संचालनमा रहेको यस सौचालयले आवागमन गर्ने यात्रुहरुलाई सहज हुने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथीले सौचालय संचालनको लागि रु ५०,०००। क्लिन सिटी अफ दैलेखलाइ दिने घोषणा समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा क्लिन सिटी अफ दैलेखका सह संयोजक अबिषेक अनुरागले काठमाण्डौ, लुम्बिनी जस्तै दैलेख पनि ऐतिहासिक, धार्मिक, पर्यटकिय हिसाबले महत्वपुर्ण भुमि भएकोले यस जिल्लालाई सफा र स्वच्छ बनाउने उद्देश्यले सार्बजनिक सौचालय संचालन गरेका हौ भन्दै कार्यक्रममा उपस्थित सम्पुर्ण प्रमुख अतिथी, बिशेष अतिथी, अतिथी र निजामति कर्मचारी संगठनका अध्यक्ष तीर्थराज जि.सी. लगायत पत्रकारहरुलाई स्वागत गनु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता क्लिन सिटी अफ दैलेखका संयोजक राजेश कुमार हमालले गर्नु भएको थियो भने प्रमुख अतिथी नारायण नगर पालिका वार्ड नं. १ का वार्ड अध्यक्ष तिर्थ नारायण श्रेष्ठ (ध्रुर्व) ले गर्नु भएको थियो ।



