ललितपुरमा भारतीय नागरिकको हम्मर प्रहार गरि हत्या

गज्जब नेपाल संवाददाता
 
२०७८ असार २०, आईतवार १५:५६ मा प्रकाशित

२० असार, काठमाडौं ।

ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको बताइन ।

उनका अनुसार घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ । अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरी बताउँछ । ‘घटना पनि शुक्रबार रातिकै हुनसक्छ,’ प्रहरी अधिकृतहरु भन्छन्, ‘आइतबार १० बजे थाहा पाएपछि प्रहरी पुगेको थियो ।’

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको थियो । नजिकै रहेका क्लोज सर्किट (सीसी) टीभी क्यामराका फुटेजको विश्लेषण पनि प्रहरी अधिकृतहरुले गरिरहेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्नेछ । पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे ।

उनी २० वर्षदेखि नेपालमा बसिरहेका छन्, १२ वर्षदेखि घटना भएको घरको माथिल्लो तलामा बसिरहेका थिए । पछिल्लो समय उनी घरमा एक्लै थिए ।

Next Post

सुर्खेतमा कांग्रेस नेता खड्काले गरे १० लाखको स्वास्थ्य सामग्री प्रदान

२०७८ असार २०, आईतवार १५:५६
सुर्खेत, असार २० नेपाली कांग्रेसका महामन्त्री पूणर्बहादुर खड्काले पश्चिम सुर्खेतका तीन वटा पालिका र स्वास्थ्य संस्थाहरुलाई १० लाख बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट पराजित उम्मेदवार खड्काले क्षेत्र नं. २ अन्र्तगत पर्ने बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका साथै […]

याे पनि पढ्नुहाेस्