दैलेखका एमाले नेता तर्क शाही दम्पति नै माओवादीमा प्रवेश

गज्जब नेपाल
२०८० कार्तिक २६, आईतवार १७:३८

दैलेख ।

नेकपा एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा (माओवादी केन्द्र)का प्रवेश गरेका छन् । दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने शाहीलाई आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । उनीसँगै उनको श्रीमति सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् ।

सिंह एमाले कर्णाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् । उनी ०७४ मा एमालेबाट नै ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत असोजमा भएको एमाले कर्णाली प्रदेशको अधिवेशनसँगै शाही दम्पत्ति एमालेभित्र असन्तुष्ट बनेका थिए ।

एमाले कर्णाली प्रदेशका पुर्व अध्यक्ष (त्यो बेलाको) विनोदकुमार शाहको प्रतिनिधि छनोटमा गुण्डागर्दी शैली अपनाएको भन्दै सिंहले सार्वजनिक रुपमै प्रेस नोट जारी गरेकी थिइन् । उनले शाहीलाई प्रतिनिधि छनोटमा हुकुमी शैली अपनाएको आरोप समेत लगाएकी थिइन् ।

उनी सात वर्ष अनेमसंघ दैलेखको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकी महिला नेतृ हुन् । उनी सम्पन्न अनेमसंघको राष्ट्रिय अधिवेशनमा निर्वाचित भई केन्द्रीय सदस्य तथा दैलेख–२ को इन्चार्जसमेत हुन् । आफुलाई प्रतिनिधि छनोट हुन नदिएपछि उनी एमालेभित्र रुस्ट बनेकी थिइन् ।

Next Post

विश्वका यिँ देशमा छ टिकटक प्रतिबन्धित

२०८० कार्तिक २६, आईतवार १७:३८
काठ्माडाैं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने भएकाे छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसंगै यसकाे पक्ष र विपक्षमा जनमत विभाजित भएकाे छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएकाेले बन्द गर्ने निर्णय गरिएको सरकारकाे भनाइ छ । यता टिकटकका समर्थकहरूले भने सरकारले नागरिककाे स्वतन्त्रता […]