सरकार र राहत शिक्षकबिच ५ बुँदे सहमति, आन्दोलन स्थगित

गज्जब नेपाल
२०८० आश्विन १२, शुक्रबार १७:३८

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । राहत शिक्षकलाई १०० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्ने सहमति भएसंगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् । आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।​

आन्दोलनरत शिक्षकको मागलाई संसद्‌मा लैजाने शिक्षा मन्त्रीको बचनपछि आन्दोलनरत शिक्षकले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।  जसअनुसार नयाँ शिक्षा विधेयकमा ५० प्रतिशत मात्रै राहत शिक्षकले प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था अन्त्य गर्ने सहमति भएको छ । उनीहरूको मागअनुसार अब शत प्रतिशत राहत शिक्षकले नै प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।

पास हुने शिक्षकलाई स्थायी गरिने छ भने फेल हुनेलाई बिदाइ गरिने छ । सहमतिपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शिक्षा मन्त्री राईले आजको सहमति शिक्षक महासंघसँग गत शुक्रवार भएको सम्झौताको पूरक भएको बताए ।

नयाँ शिक्षा विधयेकविरुद्ध गत असोज तीन गतेदेखि शिक्षक महासंघ आन्दोलनमा थियो । महासंघले अघिल्लो शुक्रवार नै गृह मन्त्रालयसँग ६ बुँदे सम्झौता गरी आन्दोलन अन्त्य गरेको बताएको थियो । तर राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालय कर्मचारी संघ र उच्च माध्यमिक तह शिक्षक संघ, बहिरा शिक्षक संघले भने माग पूरा नभएको भन्दै लगातार आन्दोलन गर्दै आएको थियो ।

Next Post

दुल्लूमा टिप्पर दुर्घटना हुदा चालककाे मृत्यु ,दुइजना घाइते

२०८० आश्विन १२, शुक्रबार १७:३८
केशवराज पाैडेल आश्विन १६,२०८० दैलेखकाे दुल्लूमा टिप्पर दुर्घटना भएकाे छ । टिप्पर हिजाे राति (साेमबार)अन्दाजि आठ बजे तल्लाे डुङ्गेश्वर बाट दुल्लु जाने क्रममा दुल्लु नगरपालिका १ स्थित मन्डा टिमिला पानि नजिक दुर्घटनामा परेकाे हाे । क प्र ०२००१ क १९९ नम्बरको टिप्पर दुर्घटना हुदा दुल्लु ७ का चालक गाेपाल थापा […]