विश्वका यिँ देशमा छ टिकटक प्रतिबन्धित

गज्जब नेपाल
२०८० कार्तिक २७, सोमबार १६:०८

काठ्माडाैं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने भएकाे छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसंगै यसकाे पक्ष र विपक्षमा जनमत विभाजित भएकाे छ ।

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएकाेले बन्द गर्ने निर्णय गरिएको सरकारकाे भनाइ छ । यता टिकटकका समर्थकहरूले भने सरकारले नागरिककाे स्वतन्त्रता हनन गर्न खाेजेकाे आराेप लगाएका छन् । देशकाे राष्ट्रिय सुरक्षाको कारण देखाउँदै धेरै देशमा टिकटकलाई निरन्तर प्रतिबन्ध गर्ने क्रम विश्वभर नै चलेकाे छ ।

भारतले जुन २०२० मा नै टिकटकलाइ प्रतिबन्ध लगाइसकेकाे छ । यसपछि विश्वका धेरै देशले यो एपमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । भर्खरै डेनमार्कको रक्षा मन्त्रालयले पनि सरकारी कर्मचारीको फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । योसँगै बेल्जियमले पनि टिकटकलाई सुरक्षा खतरा भन्दै सरकारी उपकरणमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अहिले भारत, अफगानिस्तान, अस्ट्रेलिया, क्यानडा, बेल्जियम , डेनमार्क, युरोपियन युनियन, फ्रान्स, लात्भिया, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, बेलायत, अमेरिका, सोमालियालगायत अन्य धेरै देशहरूमा टिकटक प्रतिबन्धित छ।

Next Post

टिकटक बन्द गर्ने निर्णय पछी इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार

२०८० कार्तिक २७, सोमबार १६:०८
काठमाण्डौ – मन्त्रिपरिषद्को आज सोमवार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको हाे । मन्त्रिपरिषद्को आज सोमवार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले […]